Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन आजदेखि सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 5.5K
    SHARES

काठमाडौं, । अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । त्यहाँको खाद्य तथा औषधि विभागले अनुमति दिएसगै कोभिड विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो ।अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन सुरु गरिएको जनाइएको छ । अधिकारीहरुले पहिलो चरणमा खोपको तीस लाख डोज लगाइने बताएका छन् ।

 यसका लागि देशका विभिन्न सय स्थानमा रहेका खोप केन्द्रहरुमा खोप पुर्‍याइसकिएको जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।

अमेरिकाले पहिलो चरणमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप लगाउने बताएको छ ।कोभिड(१९ को संक्रमण शुरु भएको एक बर्ष पुग्दा विभिन्न मुलुकहरुमा भाइरस विरुद्धको खोप निर्माण र लगाउन शुरु भएको छ । गत हप्ता मात्रै बेलायतमा पनि खोप लगाउन शुरु गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४