Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दौलतपुरमा आगो आतंक, दैनिक १० ठाउँमा आगलागी हुनुको कारण के हो ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २९ २०७७
  • 5.2K
    SHARES

सप्तरी । तराई-मधेशका जिल्लामा आगलागीका घटनाहरु बढी हुने गर्दछ । खासगरी हावाहुरीको समयमा सावधानी नअपनाउँदा आगलागीका घटना भएर कतिपय गाउँ नै सखाप हुने गर्छ । अर्काे लामखुट्टे धपाउन बालिएको घुरबाट समेत आगलागीका घटना धेरै हुने गरेको छ ।

तर, सप्तरीको सुरुंगा नगरपालिकामा न त आगोजन्य सामग्रीबाट कुनै लापर्वाही गरिएको छ । न त सलाई, लाइटर जस्ता सामान प्रयोग नगर्दा अथवा आगो बालिएको खरानी नफालिएको अवस्थामा पनि दैनिक १० ठाउँमा आगलागी भइरहेको छ । यसरी एक्कासी आगलागी हुँदा नगरपालिकाको वडा नम्बर ३ दौलतपुरका बासिन्दा त्रसित भएका छन् ।

‘जुनसुकै बेला दैनिक आगलागी भइरहेको छ,’ वडा अध्यक्ष रुद्रबहादुर कार्की भन्छन्, ‘एक ठाउँमा निभाउँछौं, अर्काे ठाउँमा लागिहाल्छ ।’

बिहान ७ बजेदेखि दैनिक रुपमा आगो लागिरहेको छ । रातिको समयमा पनि आगलागीका घटना भइरहेको उनले बताए । निरन्तर भइरहेको आगलागीका कारण यस गाउँका बासिन्दा रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।

वडाध्यक्ष कार्कीका अनुसार एकै पटक १० ठाउँमा आगलागी भएको छ । आगलागीले एक जनाको घर नै जलिसकेको छ । स्थानीय सुगादेवीले एक्कासी लागेको आगोले आफ्नो घर नै जलेको बताइन् ।

धेरैजसो आगलागी परालको टाल (पराल राख्ने ठाउँ) मा लागिरहेको छ । ‘जति आगो लागेको छ, ती सबै परालको टालमा लागेको छ,’ वडा अध्यक्ष कार्कीले भने । परालको टालको नजिकै राखिएका दाउरा समेत जलेको स्थानीयको भनाइ छ ।

पछिल्लो दुई सातादेखि गाउँमा नियमित आगलागीका घटना हुँदै आएको छ । आइतबार मात्रै ५ ठाउँमा आगलागी भएको स्थानीयले बताएका छन् । एक ठाउँको आगो निभाउन नपाउँदै अर्काे ठाउँमा आगलागी हुँदा गाउँकै सबै परालको टाल जलेर नष्ट भइसकेको वडा अध्यक्ष कार्कीले बताए ।

‘गाउँमा बस्ने अधिकांश व्यक्तिले चौपाया पालेका छन् । केही दिनअघि काटिएको धानको पराल थुपारेर यहाँका बासिन्दाले राखेका थिए । तर, सबै पराल जल्दा गाईभैंसीलाई के खुवाउने भन्ने चिन्तामा उनीहरु छन् । गाउँको सबै पराल जलिसकेकाले अब खेतमा छरिएर रहेका पराल बटुल्ने विकल्पमात्रै बाँकी रहेको स्थानीयको भनाइ छ ।

एक्कासी लाग्ने गरेको आगोबारे स्थानीय प्रशासनलाई पनि जानकारी गराइएको वडा अध्यक्ष कार्कीको भनाइ छ । ‘आगलागीका घटना हुँदा प्रहरी पनि आउँछ । दमकल पनि आउँछ,’ उनले भने, ‘एक पटक लागेको आगो निभाएर त उनीहरु जान्छन् । तर, हामीलाई पुनः आगलागीको सामना गर्नुपरिरहेको छ ।’

स्थानीयहरु देउता रिसाएको भन्दै निरन्तर पूजापाठ गरिरहेका छन् । धामीलाई बोलाएर समेत बोलाएर पूजापाठ गराइएको भए पनि आगलागी हुने क्रम नरोकिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४