Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३१६५ मिटर उचाईमा भेटियो बाघ !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २७ २०७७
  • 9.2K
    SHARES

 काठमाडौं । नेपालमा पहिलो पटक हालसम्मकै अत्याधिक उचाईमा जंगली पाटे बाघ भेटिएको छ ।

स्वचालित क्यामेराको सहयताले सो बाघ कैद गरिएको हो । नेपालमा अहिलेसम्म सो उचाईमा बाघ नभेटिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

वन तथा भूसंरक्षण विभागका अनुसार रोयल बंगाल टाइगरले परिचित सो बाघको तस्वीर इलामा जिल्लामा समुन्दी सतहबाट ३,१६५ मिटर उचाईमा गत नोभेम्बर १३ देखि २१ को विचमा कैद गरिएको हो ।

यस अगाडि भुटानमा सन् २०१८ मा ४,०३८ मिटर उचाईमा र भारतको अरुणाज्चल प्रदेशमा ३६३० मिटर उचाईमा बाध भेटिएको थियो । नेपालमा भने डडेलधुरा जिल्लामा २,५०० मिटर उचाईमा बाध पाइएको थियो ।

जलवायु परिवर्तनको कारण बाघहरु क्रममा उच्च भेगमा चढ्न थालेको विज्ञहरुले बताएका छन् । सो प्रजातिको बाघ लोपोन्मुख मानिन्छ ।

सन् २०१८ मा गरिएको जनगणना अनुसार नेपालमा बाघको संख्या २३५ रहेको छ । भखैरै प्राप्त उक्त तस्वीरले कंचनजंघा भूपरिधीमा बिरालो प्रजातिको बाघको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४