Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जोर–बिजोरमा कडाइ गर्न निर्देशन दिइएको छ’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 4.3K
    SHARES

काठमाडौं,  । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर जारी गरिएका विभिन्न व्यवस्थाहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ । सबै किसिमका सवारी–साधन पनि निर्वाधरुपमा गुडिरहेका छन् ।तर, गएको भदौमा लागू गरिएको जोर–बिजोर प्रणाली भने अझै कायम छ । यद्यपि, पछिल्लो समयमा भने यो नियम लागू भएको देखिँदैन ।

पछिल्ला दिनहरुको आँकडा हेर्दा परीक्षणको दायरा घटेकाले कोरोना संक्रमण घटेकोजस्तो देखिएको छ । सहर, बजारमा मानिसको चहलपहल र भिडभाड सामान्य अवस्थाकोजस्तो देखिन्छ । सुरक्षा मापदण्ड पालनामा लापरबाही पनि उत्तिकै छ ।तर, जनस्वास्थ्यविद्हरु भने संक्रमणको जोखिम भने कत्ति पनि कम नभएको बताइरहेका छन् ।

सरकारले पनि संक्रमणको जोखिमलाई विश्लेषण नगरी जनजीवन सामान्य बनाउने प्रयासमा विगतमा लागू गरिएका व्यवस्थाहरु खुकुलो बनाउँदै लगेको छ ।तर, सवारी–साधन सञ्चालनमा लागू गरिएको जोर–बिजोर नियम भने सैद्धान्तिकरुपमा कायमै छ । पालना गर्ने र गराउने दुवै पक्षले भने यो नियमलाई बेवास्ता गरेको देखिन्छ ।

कतिलाई यो नियम हटिसकेको भ्रम छ भने कतिलाई यो नियम कायमै छ भन्ने हेक्का पनि छैन । ट्राफिक प्रहरीले पनि सवारीको भिडमा जोर–बिजोर पालना गराउन छाडेको देखिन्छ ।सरकारी अधिकारीहरुसँग यो नियम अहिले किन आवश्यक छ भन्नेबारे चित्तबुझ्दो जवाफ छैन ।

तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने जोर–बिजोर प्रणाली नहटेको र कडाइका साथ लागू गर्नेतर्फ छलफल भइरहेको बताउनुहुन्छ ।

उहाँले संक्रमण रोकथाम र नियन्त्रणका लागि निजी सवारीमा लागू गरिएको जोर–बिजोर प्रणालीमा कडाइ गर्न ट्राफिक महाशाखालाई निर्देशन दिइसकिएको बताउनुहुन्छ ।ट्राफिक प्रहरीले भने दिउँसोको समयमा जोर–बिजोर नम्बरप्लेटमै केन्द्रित भएर निगरानी राख्न कठिन भएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले अहिले ट्राफिक चाप बढेका कारण त्यसलाई घटाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित हुनुपरेकाले जोर–बिजोरको निगरानी पर्याप्त नभएको स्वीकार्नुहुन्छ ।सडकमा बढ्दो सवारी चाप हेर्दा जोर–बिजोर प्रणाली निष्प्रभावीजस्तै बनिसकेको देखिन्छ । यसैले यो व्यवस्थालाई बाध्यकारीभन्दा पनि व्यवस्थित बनाउँदै लानु नै उत्तम हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४