Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्य प्रशिक्षक कालिनले दिए राजीनामा, बालगोपाललाई निमित्तको जिम्मेवारी !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २६ २०७७
  • 6.8K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएका छन् । उनले एक नोभेम्बरबाट लागू हुने गरी मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालीनको राजीनामा स्वीकृत गरेको छ । र, बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको छ ।

कालीन १ मार्च २०१९ मा नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले प्रशिक्षणमा नेपालले ११ खेल खेल्यो, जसमा एक खेल मलेसियन क्लबविरुद्ध थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएपछि उनी २७ मार्चमा स्वीडेन फर्किए । नेपालमा खेल गतिविधि सुरु हुँदा पनि उनी आउन सकेनन् । स्वीडेनले लगाएको यात्रा प्रतिबन्धका कारण अड्किएका उनले पदबाटै राजीनामा दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४