Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 5.3K
    SHARES

विराटनगर । कोरोना भाइरस (कोभिड-१०) संक्रमणका कारण प्रदेश १ मा थप तीनजनाको मृत्यु भएको छ । सुनसरी, झापा र मोरङका एक/एकजना कोरोना स‌क्रमितको मृत्यु भएको हो ।  दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २३ मंसिरमा कोरोना पोजेटिभ देखिएका वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा मत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । थप उपचारका लागि बुधबार बेलुका कोसी कोभिडमा लगिएको थियो । कोसीमा पुगे लगत्तै उनको मृत्यु भएको थियो ।

अक्सिजनको मात्र कम भएका वृद्धलाई नोबेलमा अक्सिजन लगाएर राखिएको थियो । कोसी कोभिडमा एम्बुलेन्सबाट उतारेर भर्ना गर्न ढिलो गरेका कारण मृत्यु भएको आफन्तले बताए । वृद्धलाई मधुमेह, उच्च रक्तपाचको समस्या थियो ।

मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४