‘नमस्ते , ल्हास्सो फ्याफुल्जी’
‘राष्ट्रिय संगीत कर्मी संघ रसुवाको ऎतिहासिक तेस्रो वार्षिक उत्सब तथा दोस्रो अधिबेशन मङ्सिर २० गते बेत्रवाती आइटार केरुङ हाई वे रिसोर्टमा भएको थियो।
मलाई पहिलो अर्थात २०७४ को अधिबेशनबाट एउटा ऎतिहासिक अभिभारा दिनु भयो र मैले मेरो कर्तव्य अनि दायित्व पूरा जसो तसो गरे र यसैमा गर्ब महसुस भएको छु । यस अभियानमा मलाई मन, वचन र कर्मले साथ सपोर्ट गर्नुहुने मेरा शुभचिन्तक , कलाकार मित्रहरू ,सहयात्री मित्रहरू र सबै आफन्तजनहरुमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु, साथै २०७७/०८/२० मा भएको दोस्रो अधिबेशनबाट पनि मलाई नै निर्वाचित गरौंउनु भयो र यस अधिबेशनबाट नव समिति चयन हुनु भएको मेरो साथीहरू सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु ।
एउटा राष्ट्रिय संगीत कर्मी संघको अध्यक्षको रूपमा चिनिरहदा हाम्रो समाजलाई केही सकेको योगदान दिउ भन्ने पबित्र उद्देश्य र सोचले राष्ट्रिय संगीत कर्मी संघ रसुवाको स्थापना काल देखिनै म यस संस्थामा अध्यक्षको हैसियतमा आबद्ध भए । बिशेष त रसुवाको कला सस्कृती र पहिचान, उत्थान, भाषा, धर्म, सकारात्मक संस्कृति संस्कारलाई सम्बर्द्धन र प्रबर्द्धनमा आफुले सकेको सहयोग अनि योगदान दिदै आएको थियो फेरि पनि आफ्नो अभिभारा पूरा गर्ने छु।
पहिलो अधिबेशनबाट निर्बाचित भै अध्यक्ष भए देखि नै कठीन परिस्थिति र समस्यहरु नआओस् भनेर मैले सबैलाई समन्वय गरि सबैको सकारात्मक सरसल्लाह सुझाव, हौसला अनुसार सहमति, सहकार्य र सन्तुलित तरिकाले अगाडि बढ्दै आएको थियो। रसुवा जिल्लाको सबै कला कर्मीहरुको एकता, पहिचान, धर्म, संस्कृति, भाषा, भेषभुसा, जायज अधिकार र सामाजिक सेवामा कर्म भुमिमा श्रम गरेर बचेको समयमा अहाेरात्र सक्रिय र समर्पित भए । 
मेरो आफ्नै जिन्दगी सुरु देखिनै दु:ख र कष्ट झेल्दै संघर्षमय कर्म थलो तिर कला यात्रामा बिताउदै आए त्यस बखतै मलाई रसुवामा कलाकार समाज रसुवा दर्ता गरि रसुवाको छरिएको सबै कलाकार एक बनाउनु पर्छ भन्ने सोच भयो, बिस्तारै कलाकार समाज रसुवा पनि दर्ता भयो र जस्मा म प्रमुख सल्लाहकारमा बस्दै आएको छु।
जिन्दगीको धेरै समय कला र सामाजिक सेवा अनि समाज परिवर्तनमा केही योगदान दिन सकिन्छ कि भनेर लगाए । औपचारिक शिक्षा लिन नपाएता पनि दुईचार अक्षर पढ्न र लेख्न आफैले मेहनत गरेर सिक्न र बुज्न पाए, तर त्यही कुरालाई मेरो कमजोरी ठानी संघर्षको यात्रामा केही सहयात्री मित्रहरुलेनै मेरो भुमिका र पदीय जिम्मेवारीमा प्रश्न उठाएको देख्दा र सुन्दा नराम्रो लाग्थ्यो ।
त्यति मात्रै होईन मेरो बारेमा सत्यलाई बंगाएर बनाउटी कुरा बनाउदै, कुरा काटेर विभिन्न आरोप लगाउदै, जतिनै राम्रो काम गरेता पनि नकारात्मक तरिकाले एकतर्फी आलोचना गरेर साथीभाई फुटाउने र रसुवामा कलाकारहरुको संघ संस्थालाई सकेसम्म टुटाउने हरेक प्रकारको टेन्सन दिएर हैरान पारेको तितो अनुभव संगाले,तर पनि उहाँहरु सबैलाई म भित्री मन देखिनै हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
किनभने उहाँहरुले गर्दा पनि मैले मेरो भुमिका सावाधानी पुर्बक जिम्मेवारी तरिकाले कर्तव्य पूरा गर्दै आफ्नो अधिकारको बारेमा झन जान्न र बुझ्न पाए साथै २ चोटिप्रोग्राम सफल भयो तपाईहरुको साथ समर्थन अनि सहयोगले ऎतिहासिक दायित्व पूरा गरे ।
मलाई सबैकोसामु भन्न मन लागेको कुरा, मेरो ब्यक्तिगत जीवन भन्दा पनि संस्थागत कामको लागि मैले आफ्नो समय खर्च गरिआएको छु। अनि समाज र रसुवाको कलाकारहरुको उत्थानका लागि म एउटा सानो अध्यक्ष पदको जिम्मेवारी लिएर रातदिन खटेको थिए फेरि पनि खटी रहने छु।
र पनि मलाई केही साथीहरूले त्यसरी नराम्रो भन्दा मेरो मन सारै रुन्थ्यो, पीडा हुन्थ्यो तर पनि त्यसलाई हाँसीहाँसी सहेर बसे फेरि पनि रसुवाको कलाकारहरु एक बनाउनु पर्छ भनी लागि रहे। त्यति मात्रै नभएर कहिलेकाहीँ केही आफ्नै कलाकार साथीहरूले कुरा नबुझेर मलाई नै उल्टो शत्रु जस्तो व्यबहार गर्दा पनि मैले कसैलाई शत्रुता र बैरीभाव सोचेन र कहिल्यै सोच्दिन पनि ,मेरो लक्ष्य भनेकै रसुवाको सबै कलाकार एक बनाउनु हो
, रसुवाको कला सस्कृती जगेर्ना गर्ने र देश बिदेशमा परिचय गर्नु हो आशा थियो दोस्रो अधिबेशन बाट नयाँ अध्यक्ष जो आउनु भएता पनि आफ्नै जिल्लाको कलाकार साथीहरू र जिल्लाको लागि केही सकारात्मक मुद्दाहरूको नेतृत्व गर्नु हुनेछ भनी तर बिडम्बनाको कुरा दोस्रो अधिबेशन बाट पनि मलाई नै अध्यक्ष जस्तो गरिमामय पद नीरबिरोध र सर्व सहमत दिनु भएकोमा सबै रसुवाको कलाकार मित्रहरूलाई म प्रती देखाउनु भएको बिश्वासलाई सहजै स्विकार्दै हृदय देखि आभार व्यक्त गर्द छु।
विभिन्न समस्य र चुनौतीहरु झेल्दै राष्ट्रिय संगीत कर्मी संघ रसुवाको ऎतिहासिक दोस्रो अधिबेशन तथा तेस्रो वार्षिक उत्सब सपन्न गर्ने हेतुले आजको दिनसम्म आईपुग्दा म अत्यन्तै खुशी भएका छु । त्यसोहुँदा मेरो कार्यकाल सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने मेरो शुभ चिन्तक साथीहरू लगायत देश बिदेशमा रहनुहुने राष्ट्रिय संगीत कर्मी संघका सदस्य साथीहरू र
मेरो सहयात्री सम्पुर्ण टिमलाई म आज हृदय देखिनै सम्झना गरि मुरी मुरी हार्दिक आभार प्रकट गर्न चाहान्छु। अन्तमा मलाई फेरि पनि अध्यक्ष पदको लागि साथ समर्थनमा जुट्नु हुने तपाईं सबै सबैलाई धन्यवाद दिन चाहन्छु र आशा राखेको छु तपाईं नव समितिको साथीहरूको साथ अनि एक ग्रुप्ता पाउछ होला भनी। जय गित जय संगीत
अध्यक्ष दावा फिन्जो तामाङ
राष्ट्रिय संगीत कर्मी संघ रसुवा ।