Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बासमती धानमा एकाधिकारको प्रयासविरुद्ध नेपालले दाबी-विरोध गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २४ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै भारतले युरोपियन युनियनमा दिएको आवेदनविरुद्ध नेपालले आफ्नो दाबी विरोध पेश गर्ने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको मंगलबार बसेको बैठकले नेपालकोतर्फबाट दाबी विरोध पेश गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले नेपालले दाबी विरोध पेश गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रायका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने भन्दै नेपालले दाबी-विरोध गर्न लागेको हो’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मंगलबार साँझसम्म दाबी विरोध पठाई सक्नेगरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन -ईयू) मा दिएको आवेदन ११ सेप्टेम्बर २०२० मा जर्नलको रुपमा प्रकाशित भएको थियो ।उक्त निवेदनविरुद्ध दाबी विरोध नपरेको खण्डमा उक्त उत्पादनको उत्पादन, बिक्री र ट्रेडमार्क अधिकार भारतको मात्रै एकलौटी हुने थियो । ईयू जर्नलमा प्रकाशित भएको मितिले तीन महिना भित्रै दाबी बिराध गर्नुपर्ने मान्यताअनुसार दावी विरोधको तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४