Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुत्केरीको मृत्युपछि देवदह मेडिकल कलेजमा तनाव, आफन्तले गरे प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 7.4K
    SHARES

 

 बुटवल । सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले देवदह मेडिकल कलेज घेराउ गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको आरोपमा घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो अप्रेशन गरिएको मृतककी दिदी फुलमति थारुले बताइन् ।

राधालाई सुत्केरी भएपछि १३ पिन्ट (पोका) रगत चढाइएको उनले बताइन् । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताइन् । आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको दाबी उनको थियो ।

मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ । ‘लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन ?’, फुलमतिले भनिन्, ‘सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर हामीलाई ढाँटिएको हो ।’

मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रामान् हिरालाल थारुले बताए । घटनाको छानवीन, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।

मेडिकल कलेजले आइतबार दिउँसो मात्रै सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले बताए । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।

मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा. बिक्रम ज्ञवालीले उपचारमा लापरबाही नभएको दाबी गरे । ‘हामीले सुत्केरीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं, तर सकिएन, यसमा हामी दुःखी छौं’, उनले भने । क्षतिपूर्तिबारे मेडिकल कलेजमा वार्ता भइरहेको छ । गेटमा प्रदर्शन रोक्न मेडिकल कलेज परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।रासस 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४