जन न्युज नेपाल खबर /काठमाडौं – राष्ट्रिय संगीतकर्मी संघ रसुवाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नुवाकोट बेत्रवती पेट्रोलपम्प नजिक केरुङ हाईवे होटलमा आयोजना गरिएको उक्त सम्मेलनमा रसुवामा दावा फिन्जो तामाङको अध्यक्षतामा कमिटि निर्माण गरिएको हो ।
मंसिर २० गते शनिवार बेत्रावति पेट्रोल पम्पस्थित केरुङ हाईवे होटलमा उक्त सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट रसुवातर्फ दावा फिन्जो तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्माण गरिएको छ । रसुवा राष्ट्रिय संगीतकर्मी संघले एकै दिन एकै स्थानबाट निर्विरोध नयाँ कमिटी चयन गरेको हो ।
संघले चयन गरेको यो कमिटीको कार्यकाल भने २ बर्षको रहनेछ ।
रसुवा तर्फ निर्विरोध निर्वाचित कमिटी तर्फ,
अध्यक्ष – दावा फिन्जो तामाङ
वरिष्ठ उपाध्यक्ष -पाराङ्वा तामाङ
प्रथम उपाध्यक्ष – शिशिर थोकर तामाङ
उपाध्यक्ष – सुजन तामाङ
महिला उपाध्यक्ष – प्रेम कुमारी तामाङ
सचिब – प्रेमा तामाङ
सह सचीव – हिसे साङ्गबो तामाङ
सह सचीव – सीता देवी तामाङ
प्रबक्ता – श्याम माया गुरुङ
कोषाध्यक्ष – लोकेन्द्र तामाङ
सह कोषाध्यक्ष – प्रबिना आचर्य
सक्रिय सदस्य हरु –
पासङ लोप्चन तामाङ, वाङग्येल लामा, आरजे अञ्जुली लोप्चन तामाङ, पेम्बा याङ्जेन तामाङ, सपना मोक्तान तामाङ, गौरव न्यौपाने, कामी जेमु तामाङ, सीता तामाङ, सङ्घम तामाङ, फुर्पु ग्यल्मो घले ,पासङ चेमो तामाङ, दिल कुमारी तामाङ, सुबास तामाङ, रिना तामाङ रहेका छन् ।
साथै बरिष्ठ सल्लाहकारमा बागमती प्रदेश सभा सदस्य माननीय – प्रभात लामा ,नेपाल चीन केरुङ ब्यापार संघ अध्यक्ष – मान बहादुर तामाङ, रसुवा गढी सेवा समाज अध्यक्ष – ल्हाक्पा तामाङ, नुपेरा माल कम्पनीका निर्देशक तथा अध्यक्ष – रमेश लामा रसुवा लाइन्स क्लबका अध्यक्ष – नुर्बु तामाङ, नेकपा प्रदेश नस् ३ सदस्य – तेम्प्रेल तामाङ, नेकपा जिल्ला सचीवलय सदस्य – तेन्जिङ छेसाङ्ग तामाङ रहेका छन ।