Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १० २०७७
  • 5.2K
    SHARES

काठमाडौं । बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ ।

बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ ।

कारोबार रकम भने यतिबेलासम्म ६६ करोड रुपैयाँ भन्दा धेरै भएको छ । यस अवधीमा सबै भन्दा धेरै वृद्धि हुनेमा व्यापार समूह देखिएको छ । व्यापार समूह ८.०९ प्रतिशत अर्थात १८३ दशमलव ६३ अंकले बढेको छ ।

यसैगरी बेंकिङ समूह २३.३६ अंकले, होटल ९३।९३ अंकले, विकास बैंक ३३.५, हाइड्रोपावर १५.१९, फाइनान्स १०.१ अंकले बढेको छ । अन्य सबै समूह उकालो लाग्दा म्युचुअल फण्ड भने घटेको छ ।

यस अघि मंगलबारको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको थियो ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४