Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङको ताराखोला गाउँपालिकामा पहिलोपटक चिकित्सक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 6.9K
    SHARES

गलकोट । जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् ।

नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीतिअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले हालै निर्माण सम्पन्न गरेको बहुउद्देश्यीय सभाहलमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालन गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

सरकारले पाँच श्ययाको कोरोना अस्पताल निर्माण गर्न पठाएको १० लाख बजेटबाट श्यया सेट, आवश्यक उपकरण खरिद गरी अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक उदित थापाले जानकारी दिए ।

‘अस्पताल तयारी अवस्थामा छ, गाउँपालिकामा जम्मा एकजना मात्रै सक्रिय सङ्क्रमित भएकाले उहाँ गाउँपालिकाको आइसोलेसनमा हुनुहुन्छ, अस्पतालले कोरोनाको लक्षण देखिएका बिरामीको मात्रै उपचार गर्नेछ’ उनले भने ।

थापाका अनुसार, अस्पताल स्थापनासँगै पहिलोपटक चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ । अस्पतालमा हालै मात्र मेडिकल अधिकृत सुवास लामिछाने नियुक्ति भएर सेवा दिन गाउँपालिका आएका छन् ।

सरकारले ‘एक गाउँपालिका–एक अस्पताल’ निर्माण गर्ने लक्ष्यअनुरुप सो गाउँपालिकाले सोही स्थान नजिकै अस्पताल भवन निर्माण गर्न थालिएको छ । अस्पताल बनाउनका लागि नेपाल सरकारले ७० लाख बजेट विनियोजन गरी पठाएको छ । अस्पताल निर्माणका लागि आवश्यक सात रोपनी जग्गा व्यवस्थापन भइसकेर निर्माणको चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा हालसम्म सङ्क्रमितको सङ्ख्या २० पुगेको छ भने सक्रिय सङ्क्रतिको सङ्ख्या भने एकजना मात्रै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अस्थायी कोरोना अस्पतालमा हाल नेपाल सरकारले तोकेको एकजना मेडिकल अधिकृत, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी नियुक्ति भएर हाजिर भइसकेका छन् ।

कोरोनाका कारण गाउँपालिकामा पहिलो पटक चिकित्सक आउँदा अन्य स्वास्थ्य समस्यासमेत समाधानमा सहयोग पुग्नेछ । कोरोना अस्पतालमा आईसीयू र भेन्टिलेटरबाहेक अन्य सबै सेवा प्रदान गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४