Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीर अस्पतालमा न्याम्सका पदाधिकारी प्रवेशमा रोक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 9.6K
    SHARES

काठमाडौं । आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन् ।

३६ औँ दिनसम्म पनि माग पूरा नगरेको भन्दै आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अस्पताल परिसरमा पदाधिकारीलाई निषेध लेखिएको कालो ब्यानर टाँगेका छन् ।

अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टरलगायतलाई अस्पतालमा प्रवेशमा रोक लगाएको चिकितसा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडवरीले बताए ।

चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्नेलगायतका माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।

त्यस्तै उनीहरुले कोरोना बिमा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलव भत्ता, औषधि खरिद खर्च, दसैँ खर्च पनि भुक्तानी गर्न माग राखेका छन् ।

चिकित्सक र कर्मचारीले गरिव र विपन्नको पहुँच पुग्ने गरी वीर अस्पतालमा पूर्ववत सेवा सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका कर्मचारी र स्वास्थ्यकर्मीले अवकाशपछि पाउने उपदान र मासिक तलव भत्तामा नेपाल सरकार उत्तरदायी हुनुपर्ने, राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल अन्तर्गत सञ्चालन हुनुपर्ने माग पनि राखेका छन् ।

सोमबार अस्पताल प्रशासनले आन्दोलनकारीलाई वार्तामा बोलाए पनि माग पूरा गर्नेमा आश्वस्त नपारेका कारण आन्दोलनलाई निरन्तरता दिएको सचिव मुडवरीले बताए ।

यसअघि गत २५ कात्तिकमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र पनि बुझाएका थिए ।

वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघ हाल वीर अस्पतालमा आन्दोलनरत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४