Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकैदिन सुनको भाउ तोलामा १८ सयले घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 4K
    SHARES

काठमाडौं । सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा आपुगेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ । कोरोना भाइरस (कोभिड १९) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि अहिलेसम्म प्रतिऔंश झण्डै १० अमेरिकी डलरले सुनको भाउ सस्तो भएको थियो । कोभिडसँगै सुनको उत्पादनमा भएको बृद्धिले पनि भाउ घट्न थालेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४