Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, रुखमा झुण्ड्याएर हत्या प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 7.7K
    SHARES

बलात्कारको विभत्स घटना एक महिनापछि बल्ल बाहिर आयो

जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।

घटना गत कात्तिक ३ गतेको भए पनि एक महिनापछि सोमबार साँझ मात्र बाहिर आएको छ ।

पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन्

घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् ।

कसरी भयो घटना ?

पीडित युवतीले अनलाइनखबरलाई बताएअनुसार ३ कात्तिकको साँझ साथीका नातेदार राजेश महतोले फोन गरेर घर नजिकैको सडकमा बोलाएका थिए । महतोले बोलाएको ठाउँमा पुग्दा अरु एकजना पनि थिए ।

युवतीले भनिन् ‘राजेशसहित दुईजनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगे । त्यहाँ थप एकजना आए । र, तीनैजनाले पालैपालो करणी गरे ।’

सामूहिक बलात्कारपछि तीनजनाको समूहले उनलाई मोटरसाइकलमा घर ल्याएका थिए । आफूले ‘तिमीहरुविरुद्व कानुनी उपचारमा जान्छु’ भनेपछि सडकमै रोकेर घाँटी थिचेर मार्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।

‘बर्दिवासमा हाम्रो राज चल्छ’ भन्दै उनीहरुले बाटोमै घाँटी थिचेर मार्ने प्रयास गरेको उनले बताइन् । ‘मेरै सल लिएर त्यसकै पासो बनाएर उनीहरुले मलाई एउटा रुखमा झुण्डयाए’ सलले बाँधेको दाग देखाउँदै उनले भनिन्, ‘झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेपछि उद्वार गर्नुभयो र म बाँचें ।’

राति ९ बजेतिर घर पुगेकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार बलात्कार र हत्या प्रयास गर्ने समूहले सुनको सिक्री, कानमा लगाएको सुनको बाला र मोवाइलसमेत लुटेको युवतीले बताएकी छन् ।

दुईजना पक्राउ, तीन वटा मुद्दा दर्ता

घटना सार्वजनिक भएलगत्तै प्रहरीले घटनामा संलग्न भएका दुई युवकलाई पक्राउ गरेको छ । फरार भएका एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा २० बर्षीय शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन् । दुबै मिथिला नगरपालिका २ का बासिन्दा हुन् । उनीहरुबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।

कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४