Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेलगत्तै गृहमन्त्रीसँग तीन आईजीपीको छलफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 7.1K
    SHARES

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृह मन्त्रालय पुगेका छन् ।

ओलीसँग भेटेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

मन्त्रालयमा दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको बादलको सचिवालय स्रोतले जनायो ।

पहिले गृह मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री ओलीले आफू मातहत लगेका छन् । त्यसयता अधिकारीले प्रधानमन्त्रीलाई नै सिधै रिपोर्टिङ गर्दै आएका छन् । तर, उनी आइतबार गृहमा भएको सुरक्षा बैठकमा सहभागी भएका थिए ।

यसअघि प्रधानमन्त्रीसँगको भेटमा तीन सुरक्षा निकायका प्रमुखसहित प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए ।

यो पनि पढ्नुहोसचारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४