Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा प्रहरी र तस्कर समूहबीच घम्साघम्सी, एक राउण्ड हवाई फायर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 3K
    SHARES

विराटनगर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-१७ मटेरुवामा हवाई फायर गरेको हो ।

तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी जवानको हातमा सामान्य चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैधरुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्ने क्रममा हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । ८/९ जनाको संख्यामा रहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा अवरोध भएको उनले बताए ।

हवाई फायरपछि प्रहरीले तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरेको एक बोरा बेल्ट (कम्मरमा लगाउने पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको उनले बताए । खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ थालिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४