Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘कोरोना एन्टिबडी ६ महिनासम्म रहन्छ’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको हो ।

उनीहरुले नियमितरुपमा कोरोना संक्रमण तथा एन्टिबडीको परीक्षण गर्दै आएका थिए । सो क्रममा कोरोनाविरुद्धको एन्टिबडी ६ महिनासम्म रहने पाइएको हो । अध्ययनको क्रममा मानिसको शरीरमा जति धेरै एन्टिबडी विकास भयो दोस्रोपटक संक्रमण हुने जोखिम पनि त्यति नै कम हुने गरेको पाइएको थियो ।

त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को लागि काम गर्ने गरेको पाइएको थियो ।

संक्रमणविद् केटी जेफ्रीले करोना खोप आउन लागेको अवस्थामा यस किसिमको समाचार उत्साहवर्द्धक रहेको बताएकी छन् । छोटै अवधिको लागि भए पनि एकपटक एन्टिबडी विकास भएपछि कोरोना संक्रमणबाट बच्न सकिने यो अध्ययनले देखाएको जेफ्रीले बताइन् ।

यो पनि पढ्नुहोसकोरोना खोप : कुनै देश छुट्न सक्छ ?अक्सफोर्डको यो अध्ययनमा १२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरु सहभागी थिए । जसमध्ये ११ हजार स्वास्थ्यकर्मीको कोभिड–१९ एन्टिबडी नेगेटिभ पाइएको थियो । अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण देखिएको थियो ।

यद्यपि एन्टिबडी विकास भइसकेका कसैमा पनि लक्षणसहितको संक्रमण देखिएको थिएन । एन्डिबडी भएकामध्ये पनि तीनजना मानिसमा भने लक्षणविनाको कोभिड–१९ पाइएको थियो । लक्षणविनाको कोभिड–१९ देखिनेको संख्या एन्टिबडी नभएका मानिसहरुमा ७६ थियो ।

स्रोत : बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४