Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 9.9K
    SHARES

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिउ । ‘दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ’, प्रवक्ता थापाले भने, ‘आमालाई उपचारका लागि धनगढी पुर्याउँदा मृत्यु भयो ।’

दुर्घटनालगत्तै त्यहाँ केही समय स्थिति तनावग्रस्त बनेपछि राति नै जिल्ला प्रहरी कार्यालयबाट प्रवक्ता थापाको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुगेको थियो । प्रहरीले ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४