Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मन्त्रीका ज्वाइँले केपी ओली जिन्दावाद भन्दै नारा लगाए’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ६ २०७७
  • 7.8K
    SHARES

चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो ।

मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।

उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।

नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।

मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।

यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।

नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।

मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरुले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरु ४/जनालाई मैले देखेर पनि एक/दुईजनाको नाम बिर्सिएँ, अरु तीन/चारजना मैले नचिनेका भर्खरका केटाहरु थिए ।

यो पनि पढ्नुहोस  चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् । जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे हो । राप्ती नगरपालिकाको नगर कमिटीको मान्छे पनि होइन । ऊ त्यहाँको सरोकारवाला मान्छे पनि थिएन ।

यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरुलाई कारवाही गर्नुपर्‍यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुपर्‍यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४