Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीनै जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् ।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले जन न्युज नेपाल खबर डट कमलाई बताए । उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए ।

हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताए । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार पक्राउ परेका सबैलाई साइबर ब्युरो पठाउने वा त्यहीँ मुद्दा चलाउने भन्ने निर्णय भइसकेको छैन ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४