Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

८ महिनापछि खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 3.9K
    SHARES

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।

पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् ।

लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

 मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले बताए । ‘आठ महिनासम्म मायादेवी मन्दिर दर्शन र लुम्बिनी घुम्न नपाएको अवस्थामा खुला भएको दिन नै आन्तरिक पर्यटकको चहलपहल देखियो,’ पौडेलले भने, ‘पर्यटक आउने मुख्य सिजनमै लुम्बिनी नखुल्दा व्यवसायी चिन्तित थिए, अब आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा छ ।’

मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । ‘अहिले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्रका सबै ठाउँ र मन्दिर तथा बिहारहरु खुला गरिएको छ, अब छिट्टै मायादेवी मन्दिरभित्र पनि जान मिल्ने गरी खुला हुने छ,’ राईले भने, ‘हामीले लकडाउनको अवधिलाई सदुपयोग गर्दै लुम्बिनीलाई थप सौन्दर्यीकरण गरेका छौं ।’

 महिलबारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर आकर्षक बनाइएको र मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर चिटिक्क बनाइएको राईले बताए ।

असोजदेखि मंसिरसम्मको तीन महिना लुम्बिनीमा आन्तरिक पर्यटक सबैभन्दा बढी आउने सिजन हो । यो अवधिमा एक महिनामा सरदर डेढ लाख पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत हरि राईले बताए । यो सिजनमा विगत वर्षमा प्रतिमहिना एक लाख बढी आन्तरिक पर्यटक लुम्बिनी घुम्न आउने गरेको तथ्यांक छ ।

विश्वव्यापी कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनी बन्द थियो । आन्तरिक पर्यटक समेत नआएपछि लुम्बिनीका होटेल व्यवसायीसहित ११ वटा संघसंस्थाले मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै ज्ञापनपत्रमार्फत लुम्बिनी विकास कोषलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४