Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकमा कोरोना प्रभाव : पहिलो त्रैमासमा ८० करोड नाफा कम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 8.2K
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानी घटेको छ ।

कोभिड-१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको छ ।

सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफामा गिरावट आएको छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको आम्दानी गत आर्थिक वर्षको तुलनामा ८० कराेड रुपैयाँ कम देखिएको छ । बैंकहरुले तिहारअघि नै नेपाल राष्ट्र बैंकमा पहिलो त्रैमासको रिपोर्ट बुझाएका थिए ।

आर्थिक वर्ष २०७६\७७ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब ५५ लाख रुपैयाँ नाफा कमाएका थिए तर चालु आर्थिक वर्षमा १४ अर्ब ७६ करोड रुपैयाँ मात्र कमाएका छन् ।

कुन बैंकले कति कमाए ?

महामारीका बीच पनि धेरै नाफा बढाउनेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ । यो बैंक तत्कालिन जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मिलेर बनेको सबै भन्दा ठूलो बैंक हो ।

यस बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड ८८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले ७५ करोड ३२ लाख रुपैयाँमात्रै कमाएको थियो ।

मुनाफा धेरै कमाउनेको दोस्रो नम्बरमा नबिल बैंक देखिएको छ । नबिल बैंकले यस अवधीमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । उसको नाफा गत आर्थिक वर्षमा भन्दा ९ करोड रुपैयाँ कम हो ।

ऋण विस्तारमा निकै आक्रामक र अवधि नपुगी धितो लिलामी गरेको भनी आलोचना खेपिरहेको एनआईसी एशिया बैंकले नाफामा झिनो सुधार गरेको छ । अघिल्लो वर्ष १ अर्ब १२ लाख रुपैयाँमात्रै कमाएको यस बैंकले थोरै सुधार गरेर यस वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ पुर्‍याएको छ ।

केही बलिया विकास बैंक गाभेर थप मजबुत बन्ने प्रयास गरिरहेको प्राइम कमर्सियल बैंकको पनि नाफा वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा करिब ६६ करोड रुपैयाँ हाराहारीमा कमाएको यस बैंकले यस वर्ष बढाएर १ अर्ब १ करोड हाराहारीमा पुर्‍याएको छ ।

यसैगरी प्रभु बैंकले ६२ करोडबाट ८५ करोड पुर्‍याएको छ भने नाफाका आधारमा धेरैजसो पहिलो स्थानमा रहने राष्ट्रिय वाणिज्य बैंकले नाफा १ अर्ब १२ करोडबाट घटेर ८३ करोड रुपैयाँमा झरेको छ ।

एनएमबि बैंकले गत वर्षको मुनाफा २७ करोडबाट बढाएर चालु वर्षमा ७३ करोड नघाएको छ भने मेगा बैंकले ४३ करोडबाट ६० करोड पुर्‍याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । अघिल्लो वर्ष ८४ करोड रहेकोमा यस वर्षको पहिलो त्रैमासमा ६२ करोड रुपैयाँमा सीमित भएको छ ।

अब हेराैं अन्य बैंकले कति कमाए मुनाफा :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४