Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाइटिकाको मध्यराति कपनमा आगलागीः दाईको मृत्यु, बहिनी घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २ २०७७
  • 3.7K
    SHARES

काठमाडौँ – गएराति कपनस्थित बालुवाखानीमा चोकमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आगलागी काठमाडौँको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा भएको छ ।

मध्यराति (साढे १२ बजे) भएको घटनामा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आगलागी हुँदा उनको जलेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

यस्तै, तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनको छोरा ११ महिनाको दावा तामाङ जलेर आगलागीबाट जलेर घाइते भएको डीएसपी कार्कीले बताए । घाइते उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

विपना दाजुसँग भाइटिका लगाउन आएकी थिइन् । उनीहरुले दिउँसो भाइटिका समेत लगाएका थिए । तर भाइटिका लगाएको १२ घण्टा नबित्दै दाजुबहिनीको बिछोड भएको छ ।

बस्नेतको चारतले घरको पहिलो तलामा तामाङ आफ्नो परिवारसँग बस्दै आएका थिए । भाइटिकाको दिन भएकाले श्रीमती माइती गएकी थिइन् भने १६ वर्षीय छोरा अर्को कोठामा एक्लै सुतेका थिए ।

आगलागी दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीमा के कति क्षति भयो यकिन विवरण खुलेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४