Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १ २०७७
  • 7.3K
    SHARES

काठमाडौं । हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।

रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ ।
३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् । सो आगलागीमा परेका अधिकांश वागलुङका जिल्ला छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मदत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन खिएकी छन् ।

भवनमा पर्याप्त सुरक्षा पूर्वाधार थिएन

घट्नापछि त्यस वरपरका स्थानीयले प्रहरीलाई वताएअनुसार यस क्षेत्रमा भाडामा लगाइएका धेरै भवनमा अग्नि नियन्त्रक उपकरण छैनन्  । फ्ल्याट्हरुमा पर्याप्त भाग्ने द्धार र ठाउँहरु छैनन् । यसले गर्दा पनि बढी क्षति भएको सरकारी अधिकारीहले बताएका छन् । समाचार संस्था एपीकाअनुसार त्यहाँ जम्मा भएकाहरु भान्साको पछाडि ट्रयापमा परेका थिए ।

हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् ।साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।

घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । हङकङका सांसद भिनसेन्ट चिन विङ-सनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस क्षेत्रका धेरै पुराना भवनहरुमा अग्नी नियन्त्रक उपकरण छैनन्, धेरै भवनहरुमा एउटा मात्र वाहिरिने द्धार छन् जसले केही भएमा भाग्नलाई कठिन छ ।’

यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४