Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नजिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १ २०७७
  • 3.9K
    SHARES

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन् । 

यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला २१२ र पुरुष २८९ जना रहेका छन् । मन्त्रालयका अनुसार तिहारको भाइटीकाका दिन सोमबार देशभर ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तिहारकै कारणले बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना पुष्टि भएको हो । संक्रमितमा ४६२ महिला र ७३५ पुरुष रहेको मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २९३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ रहेको छ । अब देशभर सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् । 

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२३० पुगेको छ । यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् ।
हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर, दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४