Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमित डा. केसीले भने : मेरो उपचार खर्च आफैं व्यहोर्छु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २९ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए ।

K P Sharma Oli
@kpsharmaoli
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।
2.2K
347 are Tweeting about this

डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छटन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४