Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सरकारले डा. गोविन्द केसीको ज्यान लिने नियत राख्यो’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २४ २०७७
  • 5.9K
    SHARES

 

 काठमाडौं । सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको वार्ता टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सर केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाएका छन् ।

डा. क्षेत्रीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदाधिकारीहरुसित छलफल र परामर्श गरी आवश्यक गृहकार्य गरेको थियो । दुवै पक्षको गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका मागहरुका सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते उक्त समझदारीबाट पछि हट्दै सरकारी वार्ता टोलीले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गरेको थियो ।

१९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको  स्वास्थ्य असाध्यै नाजुक भइसकेको डा. क्षेत्रीले जानकारी दिएका छन् । डा. क्षेत्रीले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसँग माग गरेका छन् ।

त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम जारी राख्र तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन डा. क्षेत्रीले सबै नागरिकलाई अपिल गरेका छन् । ‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं,’ केसीको तर्फबाट वार्ता टोली संयोजक डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४