Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०७७
  • 4K
    SHARES

काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।२०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको सिंहले बताए ।

यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट पक्राउ गरिएको सिंहले जानकारी दिए । कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादवलगायत आरोपीहरु फरार छन् । फरार आरोपीहरुको खोजीकार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४