Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपति क्षेत्र विकास कोषको कार्यालय घेराउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 9.4K
    SHARES

काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका छन् ।पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत् बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका हुन् ।

स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाममा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्नेगरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्रभित्र रहेका १४० पर्व र ४० ओटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो ।

कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरुले दोस्रो चरणको विरोधस्वरुप बुधबार कोषको कार्यालय घेराउ गरिएको उहाँले बताउनुभयो ।वागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेकोजस्तो नाटक गरिरहेको बताउनुभयो ।

तर, सरकारले स्थानीयका कुनैपनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको उहाँले बताउनुभयो ।उहाँले खासगरी स्थानीयले गुरुयोजना खारेज गर्नुका साथै कोष नै खारेज गरी काठमाडौं महानगरपालिकाअन्तर्गत् ल्याउन माग गरेको बताउनुभयो ।

तर, सरकार संवेदनशील नबन्दा संक्रमणको जोखिको अवस्थाकाबीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो ।कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुले बताएका छन् ।स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्रभित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफूहरु रहेको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४