Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति, उपत्यकामा कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन सरकारको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 6.6K
    SHARES

काठमाडौं,  । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।सरकारको यो निर्णयसँगै गत चैतदेखि स्थगित गरिएका परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा लागू गर्नुपर्नेछ ।व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले भने २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयको तालिम गराउन सक्ने छन् ।यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिलासहित दुई सदस्यको नियुक्तिका लागि सिफारिश गर्न समिति गठन गर्ने निर्णय गरिएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालका सहसचिव डा. योगेन्द्रकुमार कार्की र कार्यकारी निर्देशकमा वरिष्ठ कृषि अर्थविज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।यसैबीच, सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै सतर्कता अपनाउन उपत्यकावासीलाई आग्रह गरेको छ ।परराष्ट्रमन्त्री ज्ञवालीले अरु जिल्लामा संक्रमण

नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेकाले उच्च सतर्कता जरुरी रहेको बताउनुभएको हो ।दैनिक नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको रहेकाले अनियन्त्रित हुन नदिन सबैको सहयोग जरुरी हुने भन्दै उहाँले भन्नुभयो, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

यस्ता छन्, मन्त्रिपरिषदका निर्णयहरु,

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४