Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङ राजधानी बनेको खुसियालीमा बाजागाजासहित दीपावली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी दाङ बनेको खुसियालीमा दंगालीले बाजागाजासहित र्‍याली निकालेर खुसियाली मनाएका छन् । उनीहरुले प्रदेशसभाको निर्णयको स्वागत गर्दै जिल्लाभर दीपावली पनि गरे ।

नागरिकस्तरबाट भालुबाङ, लमही, घोराही, तुलसीपुर, नारायणपुर, बिजौरी, पुरन्धारा, गढवा, गोबरडिहा लगायतका स्थानमा दीप प्रज्ज्वलन गरिएको थियो । प्रदेश राजधानी रहने भनिएको देउखुरी उपत्यकाको भालुबाङमा सबैभन्दा ठूलो उत्साह थियो । स्थानीयवासी एकैठाउँ भेला भएर कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै बाजागाजासहित नाचगान गरेका थिए ।

प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेललगायतले राजधानी घोषणाको निर्णयको स्वागत गर्दै मुख्यमन्त्री र प्रदेशसभा सांसदहरुलाई धन्यवाद दिए । उनीहरुले यो निर्णय प्रदेशका सबै नागरिकका लागि न्यायपूर्ण रहेको बताए । भालुबाङका अगुवा गुञ्जबहादुर विष्टले दाङ राजधानीलाई प्रशासनिक केन्द्र बनाउन ढिला गर्न नहुने बताए ।

दाङ प्रदेश राजधानी घोषणा भएको खुसियालीमा नेकपा दाङले आयोजना गरेको द्वीप प्रज्ज्वलन कार्यक्रमलाई पूर्वसभामुख ओनसरी घर्तीले सम्बोधन गरेकी थिइन् । उनले दंगाली र सिंगो प्रदेशवासीलाई बधाई दिइन् ।

घोराहीमा दाङ प्रादेशिक राजधानी सरोकार समितिको ब्यानरमा धन्यवाद तथा स्वागत र्‍याली आयोजना गरिएको थियो । यस्तै उद्योग वाणिज्य संघ, राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरुले पनि स्वागत र्‍याली निकालेका थिए । तुलसीपुरवासीले विरेन्द्रचोकमा दीपावली गरेका थिए । सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्रबहादुर राउतले उद्योगी व्यवसायीहरुले उठाउँदै आएको मागको ढिलै भए पनि सम्बोधन भएको भन्दै खुसी व्यक्त गरे ।

प्रदेशसभा बैठकबाट दाङ राजधानी र प्रदेशको नाम लुम्बिनी पारित भएलगत्तै दंगालीले ठाउँ–ठाउँमा राष्ट्रिय झण्डा, नेपालको अद्यावधिक नक्सा र ब्यानर बनाएर खुसियाली मनाए भने बेलुकीपख घरमा र चोकहरुमा दीपावली गरेका थिए ।मंगलबार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । यसअघि प्रदेश मन्त्रिपरिषद बैठकले देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४