Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश-५ को नाम अब लुम्बिनी,हुने राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)सहित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०७७
  • 7K
    SHARES

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ ।

प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ ।मंगलबार प्रदेशसभाको बैठकमा भएको मतदानबाट दुईतिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

पक्षमा ६९ र विपक्षमा १३ मत

मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । प्रदेशसभामा ८७ सदस्य रहेकोमा मंगलबार मतदानमा ८२ सांसद उपस्थित भएका थिए । प्रदेशसभामा मतदानमा देउखुरीको पक्षमा बहुमत आएसँगै स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारले पेस गरेको प्रस्तावका पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको थियो ।

ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट

यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा भोट हालेका छन् ।

लुम्बिनी पनि दुईतिहाइ बहुमतले पारित
प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भएको छ । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको छ ।

‘प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी‘

यसअघि, बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताउनुभयो ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका तीनओटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी)को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उहाँको जिकिर छ ।

मुख्यमन्त्री पोखरेलले प्रस्तावित ठाउँले कुनै एउटा भेगकोमात्र प्रतिनिधित्व नगरी सबैको मनोविज्ञानलाई जोड्ने दाबी गर्नुभयो । प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै उहाँले लुम्बिनी क्षेत्रकाले दुःख मान्नुनपर्ने बताउनुभयो ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका सबै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गर्नुभयो ।

उहाँले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

भिडियो हेर्नोस्

https://youtu.be/IU89S4dCQZ8

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४