Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विज्ञापन बोर्ड तत्काल गठन गर्न मिडिया एलायन्ससहितका संस्थाहरुको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 8.5K
    SHARES

काठमाडौं । विज्ञापन नियमन गर्ने ऐन २०७६ तत्काल कार्यान्वयन गर्दै विज्ञापन बोर्ड गठन गर्न नेपालका विभिन्न मिडिया सम्बद्ध संस्थाहरुले माग गरेका छन् ।मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आनको आइतबार बसेको संयुक्त बैठकले विज्ञापन ऐन कार्यान्वयनमा सरकारले उदासिनता देखाएको भन्दै तत्काल व्यावसायीक व्यक्तिको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग गरेको हो ।

साथै बैठकले उक्त ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै नेपाली मिडिया उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने निष्कर्ष समेत निकालेको छ ।बैठकले नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।तोकिएकै मितिमा क्लीन फिडको व्यवस्था लागु गर्न समेत बैठकले सरकारलाई सचेत गराएको छ ।

साथै प्रशारणका क्षेत्रमा संलग्न कार्यक्रम उत्पादन कम्पनी, म्यूजिक रेकर्डिंग कम्पनी, प्रशारणमा संलग्न रेडियो, टेलिभिजन र इन्टरनेट माध्यम तथा वितरणमा संलग्न केवल अपरेटर, इन्टरनेट सर्भिस प्रोभाइडर, इन्टरनेट टेलिभिजन तथा रेडियो सञ्चालक तथा वितरकलाई समेत समेट्ने गरी छुट्टै प्रशारण प्राधिकरण गठन गरी सो मार्फत् नियमनको व्यवस्था गर्न पनि भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४