Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति ट्रम्पको स्वास्थ्य थप जटिल, शरीरमा अक्सिजनको मात्रा घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 4.1K
    SHARES

एजेन्सी / शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको छ।

 ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्वरो‘ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो।एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो। यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।थुप्रै स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मान्दछन्। 

चिकित्सकहरूले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा शुक्रबार अक्सिजन दिनुपरेको बताएका छन्। यध्यपी शनिबार पुनः दिइयो कि दिइएन भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन। यस्तै रगतमा अक्सिजनको स्तर ९० प्रतिशतभन्दा तल झरेको थियो कि थिएन भन्ने पनि स्पष्ट छैन। 

डा. कोन्ली ट्रम्पलाई शनिबार एन्टिभाइरल रिडडेभाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको बताए। डेक्सामेथासोनले गम्भीररूपका कोरोना विरामीलाई सहयोग पुर्‍याउने गरेको छ। यध्यपी सामान्यतया यो हल्का र मध्यम प्रकारका विरामीलाई भने प्रयोग गरिदैंन। ट्रम्पको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी नदिएकाले उनीमाथि डेक्सामेथासोनको प्रयोग चाँडो गरियो वा साँच्चै अवस्था गम्भीर भएर प्रयोग गरियो भन्ने बारेमा स्पष्ट नभएको संक्रामक रोग र आपतकालीन चिकित्सा विज्ञहरूको भनाइ छ। 

 यस्तै उनीहरूले ट्रम्पको स्वास्थ्य सार्वजनिक गरिएभन्दा  बढी नै गम्भीर भएको पनि आशंका गरेका छन्।‘डेक्सामेथासोन यस बिन्दुमा उनलाई दिइएको सबैभन्दा रहस्यमय औषधि भएको देखिरहेका छौं‘, न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनले भने। उनले यो औषधि विरामीको अवस्था गम्भीर हुँदै गएको अवस्थामा बाहेक सामान्यतया प्रयोग नहुने बताए।  

सेप्टेम्बर २ मा विश्व स्वास्थ्य संगठनले डेक्सामेथासोनको प्रयोग कोरोनाका गम्भीर प्रकृतिका विरामीलाई मात्र प्रयोग गर्न सिफारिस गरेको थियो। नेशनल इन्सिट्यूट अफ हेल्थ साइन्सेसले पनि यस्तै प्रकारको सिफारिस गरेको छ। उसले मेडिकल भेन्टिलेटरको सहयोग चाहिने विरामीलाई मात्र प्रयोग गर्न भनेको छ।ब्रिटेनमा गरिएको ठूलो अध्ययनमा डेक्सामेथासोनको प्रयोगले एक साता भन्दा लामो समय विरामी परेका मानिसहरूलाई सहयोग गर्ने देखाएको थियो। अध्ययनका अनुसार यसको प्रयोगले मेकानिकल भेन्टिलेटरमा पुगेका करिब एक तिहाई  र अन्य किसिमबाट अक्सिजनको सहयोग लिएका प्रत्येक पाँच विरामीमा एक जनाको  मृत्यु घटाएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४