Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र प्रचण्डको शेरबहादुर देउवालाई तारन्तार फोन !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 9.4K
    SHARES

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन् । मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले जन न्युज नेपाल खबरलाई बतायो ।

त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन् । प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ । कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ कार्यकारी अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले जन न्युज नेपाल खबरलाई बतायो ।

नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ ।

अर्कोतर्फ, काठमाडौंमा सहमति खोजिरहेको नेकपाको आफ्नै दलभित्र असहमतिका स्वरहरु सुनिन थालेका छन् । दाङको पक्षमा भोट हालिदिन देउवासँग आग्रह गरिरहँदा नेकपाकै भोट दाङको विपक्षमा पर्ने संकेत देखिन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४