Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७२ घण्टाभित्र वार्ता टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 7.5K
    SHARES

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ ।

‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा. गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उनको मागको विषयमा आइतबार २१ औं दिनसम्म चासो दिएको छैन ।

डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथाशीघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्नुपर्ने संघले बताएको छ ।

हेर्नुहोस् चिकित्सक सं‌घको विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४