Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेमा उपचाररत् कञ्चनपुरकी सुत्केरीको कोरोनाले मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 5.2K
    SHARES

कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ।

 महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान मृत्यु भएको हो। उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्राप सुरू भएको थियो।उनको पाठेघरको अप्रेशन र ८ प्वाइन्ट रगत दिइएको महेन्द्रनगरस्थित सेती अस्पताल प्रशासनले जानकारी दिएको छ।

गत असोज १४ गते उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि ती सुत्केरीलाई थप उपचारका लागि लागि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो। असोज १५ गते बेलुका ४ बजेतिर भर्ना गर्दा उनको अवस्था जटिल बनिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ। उनको अवस्थामा सुधार आएन। बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सुत्केरीको निधन भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४