Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलमा प्रशासनले लगायो चार दिन निषेधाज्ञा 


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०७७
  • 9.1K
    SHARES

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रुपन्देहीका तीन दर्जन बढी संघ-संगठनको सञ्जालले आइतबार बिहान बुटवलमा विरोध र्‍याली निकाल्ने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासनले पाँच जना भन्दा बढी जम्मा हुन नपाइने गरी निषेधाज्ञा लगाएको हो। 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। प्रदेशसभा सचिवालय रहेको क्षेत्र दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ। त्यस्तै, मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म पाँच जनाभन्दा धेरै भेला हुन पाइने छैन। यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला जम्मा हुन पाइने छैन।

बुटवलमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

आन्दोलनरत् समूहले शुक्रबार साँझदेखि नै प्रदेशसभा सदस्यहरूका घर तथा निवास अगाडि प्रदर्शन गर्न थालेपछि रुपन्देही बाहिरबाट समेत सुरक्षाकर्मी ल्याइएको छ। शनिबार मुख्यमन्त्री निवासमा बसेको नेकपा संसदिय दलको बैठकमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र कमला विश्वकर्माले सरकारले दाङमा प्रदेश राजधानी बनाउन प्रस्ताव गरेपछि आफूहरू असुरक्षित भएकोले सुरूमा प्रबन्ध गरिदिन मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका थिए। 

सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शुक्रबार प्रदेशसभामा पेस गरेको  प्रस्तावमाथि १९ गतेदेखि २१ गतेसम्म छलफल हुँदैछ। रुपन्देहीलाई राजधानी कायम गर्न आन्दोलनरत् नेपाली काङ्ग्रेस र रुपन्देहीका संघ-संस्थाहरूले प्रदर्शन, रुपन्देही बन्द र प्रदेशसभा भवन घेराउ गर्नेसम्मका आन्दोलन घोषणा गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४