Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निःशुल्क मास्क बाँडेर सरकारको विरोध !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १७ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । पछिल्लो समय केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमणबाट जोगिन साबुन पानीले बेलाबेलामा हात धुने र मास्क अनिवार्य लगाउनुपर्छ । सामान्यतया एकपटक लगाएको मास्क फेरि प्रयोग गर्न नमिल्ने भएकाले हरेक दिन नयाँ–नयाँ मास्क फेरेर लगाउने क्षमता सबैको छैन । त्यसैले नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले झण्डै चार लाख मास्क निःशुल्क बाँड्ने अभियान सुरु गरेको छ । यो अभियानको सुरुवात कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार अपराह्न नयाँबानेश्वरबाट गरेका छन् ।

नयाँबानेश्वरबाट अभियानको सरुवात मात्र गरेको र शनिबारबाट काठमाडौंका मुख्यमुख्य सार्वजनिक स्थानबाट निःशुल्क मास्क वितरण थाल्ने नेविसंघले जनाएको छ ।‘कोरोनाको महामारीको बेला सरकारले सबैलाई मास्कसमेत दिन नसकेकाले हामीले निःशुल्क बाँड्ने अभियान सन्चालन गर्नुपर्यो,’ नेविसंघका महामन्त्री मनोज वैद्यले भने, ‘यो अभियान सरकारप्रति जनाइएको सांकेतिक विरोध पनि हो ।’उनले अगाडि भने, ‘सरकारले कोरोना महामारीको बेला राम्रो काम गर्न सकेन भनेर कोही साथीहरु सडक प्रदर्शनमा उत्रिनुभयो, कोहीले ज्ञापनपत्र बुझाउनुभयो, कोहीले विज्ञप्ति निकाल्नुभयो । हामीले भने अलि रचनात्मक कामबाट विरोध जनाउन मास्क वितरणको अभियान चलायौं ।’

नेविसंघले वितरण गरेको एउटा प्याकेटभित्र चारवटा मास्क छन् । सार्वजनिक स्थानमा भेटिने हरेक व्यक्तिलाई एक–एक वटा प्याकेट निःशुल्क वितरण गरिने छ । ‘निःशुल्क वितरण गर्नका लागि हामीले डेढ लाखभन्दा धेरै मास्कका प्याकेट तयार पारेका छौं,’ नेविसंघ महामन्त्री वैद्यले भने, ‘हरेक प्याकेटभित्र चारवटा मास्क हुन्छन् ।’ मास्कको प्याकेट भित्र कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सजगताका सन्देश लेखिएको पर्चासमेत राखिएको छ । अनिवार्य मास्क लगाउने, साबुन पानीले बेलाबेलामा हात धुने, व्यक्तिगत दुरी कायम गर्नेलगायतका सन्देश पर्चामा लेखिएको छ ।

बिभिन्न सहयोगी र दाताहरुबाट मास्क संकलन गरेर नेविसंघकै कार्यकर्ताहरुबाट प्याकेट तयार पारिएको वैद्यले बताए । ‘काठमाडौं उपत्यकामा व्यापार व्यवसाय गर्ने साथीहरु, आफन्त र विदेशमा बस्ने नेविसंघका शुभचिन्तकहरुबाट करिब चार लाख वटा मास्क संकलन गरेर चाबहिलस्थित मेरो वासिङ सेन्टरको टहरोमा भण्डारण गर्ने र २५–३० जना साथीहरु दिनहुँ त्यहीँ बसेर चारवटा मास्कको एक–एक प्याकेट बनाउने काम गर्यौं,’ महामन्त्री वैद्यले भने ।

वैद्यका अनुसार चैत ११ गतेदेखि लकडाउन सुरु भएयता यो तेस्रो कार्यक्रम हो । यसअघि उनले लकडाउनका कारण समस्यामा परेका बिभिन्न कलेजका विद्यार्थीहरुलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४