Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं महानगरले घरधनीलाई भन्यो- डेरामा बस्नेलाई पिसिआर परीक्षण गर्न बाध्य नपार्नू


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १६ २०७७
  • 5.5K
    SHARES

जन न्युज नेपाल खवर सह -सम्पादक नमुना दहाल कार्की 

काठमाडौं महानगरपालिकाले घरधनीहरूलाई डेरामा बस्नेको पिसिआर परीक्षणमा दवाव नदिन आग्रह गरेको छ।

महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनीले अनिवार्य पिसिआर परीक्षण गर्न र रिपोर्ट देखाउन आग्रह गरेको गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न भनेको हो। महानगरको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर भनेको छ, ‘केही दिन यता काठमाडौं महानगर क्षेत्रभित्र डेरा गरी बसोबास गर्नेलाई घर धनीले अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने भन्ने गुनासो आएकाले जवर्जस्ती परीक्षणका लागि बाध्य नपार्न अनुरोध गरिएको छ।’ 

 औद्योगित प्रतिष्ठानहरूमा कार्यरत श्रमिक कर्मचारीलाई समेत काम गर्न आउँदा अनिवार्य परीक्षण गर्न लगाउने भन्ने गुनासो आएको भन्दै महानगरले त्यसो नगर्न अनुरोध गरिसकेको उल्लेख गरेको छ। वैद्यक्तिक स्वतन्त्रता हनन् हुने गरी यस्ता अमानवीय क्रियाकलापहरू प्रचलित कानूनअनुसार दण्डनीय हुने पनि महानगरले बताएको छ। कोरोना भाइरसको प्रभाव देखिन ५ दिन लाग्ने र संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पिसिआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएको महानगरको भनाइ छ।

काठमाडौं उपत्यकाभित्रका घरधनीले डेरामा बसोबास गर्नेलाई अनिवार्य पिसिआर रिपोर्ट देखाउन भनेपछि मानिसहरू टेकुलगायत अस्पतालमा रातिदेखि नै लाइनमा उभिएर कोरोना परीक्षण गराउँदा भिड बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४