Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनशन फिर्ता लिन डा. केसीलाई सरकारको आग्रह, ‘नसुहाउने बेलामा अनशन नबस्नुस्’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 2.8K
    SHARES

अनशन फिर्ता लिन डा. केसीलाई सरकारको आग्रह, ‘नसुहाउने बेलामा अनशन नबस्नुस्’

सरकारको लाचारीपन भएको अधिकार बादिहरुको भनाइ

काठमाडौं,/ सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बस्नु भएका डा. केसीलाई अहिले अनशन बस्ने समय नभएको तर्क सरकारको छ । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीबाट आम नागरिकलाई जोगाउनु पर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताउनुभयो ।

ज्ञवालीले डा. केसीका धेरै माग पूरा भएको दाबी गर्दै भन्नुभयो, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’केही विषय बाँकी रहेछ भने पनि छलफल गर्न सकिने भन्दै ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गर्दै भन्नुभयो, ‘मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं ।’

सरकारलाई दबाब दिइरहनु जरुरी छैन भन्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँका धेरै माग पूरा भइसकेका छन् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं । ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ । सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि शुरू भइसकेको छ । सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ । यसमा थप दबाव दिनु जरूरी छैन ।’

पिसिआर परीक्षण बढाउनु पर्ने माग सम्बोधन भइसकेको पनि उहाँले बताउनुभयो ।

आजैमात्रै कोरोनाबाट एक जना चिकित्सकलाई गुमाउनु परेको भन्दै उहाँले यस्तो बेलामा अनशन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसीलाई आग्रह गर्नुभयो । भदौं २९ गते जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसी स्वास्थ्य कमजोर भएपछि काठमाडौं आएर हाल शिक्षण अस्पतालमा अनशनमा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४