Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठग्नकै लागि लोक सेवाको नक्कली परीक्षा सञ्चालन, ६ जना पक्राउ 


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १५ २०७७
  • 6.5K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि पर्सा 

वीरगञ्ज ।  वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी पुग्दा बारा, पर्सा र सर्लाही समेतका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।

लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ गर्यो  । त्यसपछि भयो षडयन्त्रको पर्दाफास ।परीक्षार्थीहरुसँग नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदारमा समेत जागिर लगाइदिन्छु भनिएको रहेछ । परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनका लागि विभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको रहेछ । नक्कली परीक्षाका लागि ९ महिनादेखि तयारी भइरहेको रहेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो । ‘परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।’ उनले भने ‘ परीक्षामा सहयोग गर्ने व्यक्तिहरु समेत थिए ।’

प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।

उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।

उनले प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवा पर्सामा सादा पोशाकमा गई ‘म प्रहरी निरीक्षक हुँ’ भनी परिचय समेत दिँदै हिडेको पाइएको डीएसपी कुँवर बताउँछन् । रायले २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पूर्पक्षका लागि १ सय १० दिन वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

परीक्षा हलबाटै प्रहरीले जितपुर सिमरा–५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज–१६ बस्ने २१ वर्षीय रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज–रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत पक्राउ गरेको छ । उनीहरुको के–कुन भूमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जागिरको प्रलोभनमा ठगी

रायले परीक्षार्थीहरुलाई जागिर दिने प्रलोभनमा पारेर ठगेको बुझिएको छ । त्यसका लागि उनले परीक्षार्थीहरुसँग रकम समेत लिएका छन् । १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ । १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४