Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड गृहमन्त्री र उद्योगमन्त्रीलाई हटाउने खेलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०७७
  • 4.9K
    SHARES

जन न्युज नेपाल खवर सह सम्पादक नमुना दहाल कार्की

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ बीच लगातार तीन दिन मन्त्रिपरिषद फेरबदलबारे छलफल भयो। तर, कुनै सहमति निस्किन सकेन।

 चौथो दिन बुधबार पनि दुई अध्यक्षको भेट हुने भनिएकोमा स्थगित भएको छ।दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनको मोडालिटीमै सहमति हुन नसकेको स्रोत बताउँछ। प्रचण्डले प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाएर नयाँ पठाउनुपर्ने प्रस्ताव राखेका छन्। प्रधानमन्त्री ओली भने केही मन्त्री मात्रै हटाउने पक्षमा रहेको स्रोतको दाबी छ।मन्त्रीहरूको नाम उल्लेख नगरे पनि प्रचण्डले केही मन्त्रीलाई आफूले हटाउन चाहेको स्पष्ट संकेत दिएको प्रधानमन्त्रीनिकट स्रोतले बतायो।

‘प्रचण्डले कसैको नाम लिनुभएको छैन। तर, उहाँले सबै मन्त्री हटाउनुपर्छ भन्नुको कारण नयाँ मन्त्रिपरिषदमा रामबहादुर थापा र लेखराज भट्ट नपरून् भन्ने हो,’ प्रधानमन्त्रीनिकट एक नेताले भने। पार्टीभित्र केही समयअघि संघर्ष चर्किंदा आफ्नो साथ छाडेर प्रधानमन्त्री ओलीतिर लागेका मन्त्रीहरू हटाउने प्रचण्डको मनसाय रहेको ती नेताले बताए।पूर्वमाओवादी नेता थापा गृहमन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीसँग नजिकिएको र सरकार-पार्टी दुवै ठाउँमा उनलाई नै साथ दिएको प्रचण्डनिकट नेताहरूको आरोप छ। सचिवालय सदस्यसमेत रहेका थापाले त्यहाँ पनि प्रधानमन्त्रीकै पक्षमा बोल्ने गरेका छन्।

गत असार १७ गते ललितपुरको एक रेस्टुरेन्टमा भएको ओलीइतर स्थायी कमिटी सदस्यहरूको भेलामा थापा सहभागी भएका थिए। तर, सरकार फेरिने सम्भावना नदेखिएपछि फेरि प्रधानमन्त्रीतिरै लागेको उनीमाथि आरोप छ। आफूले सरकारमा पठाएको भए पनि प्रधानमन्त्री ओलीलाई साथ दिएको भनेर प्रचण्ड थापासँग सन्तुष्ट छैनन्।त्यस्तै, गत मंसिरमा सरकारमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई पनि प्रचण्डले राख्न नचाहेको बालुवाटारको आरोप छ।भट्टले सार्वजनिक रूपमै ओलीको प्रशंसा र प्रचण्डको आलोचना गरेका छन्। 

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार प्रचण्डले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत हटाउन चाहेका छन्। आफूसँग औपचारिक-अनौपचारिक रूपमा भिडेका कारण प्रचण्डले पोखरेललाई राख्न नचाहेको ती नेताको दाबी छ।

पूर्व एमाले नेता पोखरेललाई हटाउनेबारे सिधै भन्न नमिले पनि सबै मन्त्री हटाउने नीति बनाउँदा उनलाई पनि स्वत: हटाउन सकिने प्रचण्डको ताक रहेको ओलीनिकट नेताको आरोप छ। 

‘उहाँले प्रधानमन्त्रीलाई सहयोग गर्ने मन्त्रीहरूलाई तारो बनाउने ध्येयले सबैलाई एकैचोटि हटाउन खोज्नुभएको हो। उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा र उद्योग वाणिज्यमन्त्री लेखराज भट्टलाई हटाउन चाहनुभएको छ,’ ती नेताले भने। पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई पनि सरकारमा जान रोक्ने पक्षमा प्रचण्ड रहेको ती नेताले बताए।‘यिनै कुराले पनि मन्त्रिपरिषद पुनर्गठनमा ढिलो भएको होला,’ उनले भने।

प्रधानमन्त्रीनिकट एक मन्त्रीका अनुसार प्रचण्डले उपध्यक्ष वामदेव गौतमको विचाराधीन मुद्दाको फैसला पनि कुरेका छन्।प्रचण्डले गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा छिनोफानो नभएसम्म मन्त्रिपरिषद पुनर्गठन कुर्नुपर्ने तर्क गरेका छन्।प्रचण्डको यो अडानलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालको समेत साथ छ।खनाल र नेपाल दुवै उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने पक्षमा छन्। उपाध्यक्ष गौतमविरुद्ध परेको मुद्दामा बुधबार सुनुवाइ सुरू भएको छ। हेर्दा-हेर्दैमा नभ्याएर सर्वोच्चले मुद्दा अर्कोपटकका लागि सारेको छ।

सर्वोच्चको सुनुवाइ कुरेकाले पनि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न नआएको हुनसक्ने बालुवाटारको अनुमान छ। स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई फोन गरेर बुधबार आउन नभ्याउने बताएका थिए।प्रचण्डनिकट एक नेताले भने कुनै पनि व्यक्ति विशेषबारे अडान नलिएको बताए।

‘अध्यक्षको पहिलो चाहना प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउनुपर्छ भन्ने नै हो। सबै नहटाउने भए अपवादबाहेक सबै मन्त्री फेरौं भन्ने हो,’ प्रचण्डनिकट ती नेताले भने, ‘प्रधानमन्त्रीले नै धेरै परिवर्तन गर्न चाहनुभएको छैन। अहिलेको मतभेदको जड त्यही हो।‘प्रधानमन्त्रीले तीन मन्त्रालय फुटाएर तीन मन्त्री र खाली रहेका तीन मन्त्रालय गरी जम्मा छ जना नयाँ मन्त्री थप्न चाहेको उनले बताए। 

प्रधानमन्त्रीले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्नुको साटो मन्त्रिपरिषद पुनर्गठनमा अलमल गरेर समय बिताउन खोजेको प्रचण्डनिक अर्का एक नेताको आरोप छ।

‘अध्यक्षले स्थायी कमिटीको ‘स्परिट’ अनुसार अघि बढौं भन्नुभएको छ। प्रधानमन्त्री त्यसलाई कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न,’ ती नेताले भने, ‘उहाँले दिनदिनै यस्तै गरेर टार्दै जान खोज्नुभएको छ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४