Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वलात्कारीलाई फासीको सजाय दिन सांसद् विश्वकर्माको माग ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १२ २०७७
  • 5.5K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि 

प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले वलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् । गृहमन्त्री रामबहादुर थापासँग आज सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा वलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब वलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता घटनामा रोकथाम हुन सक्छ’ उनले भनिन् ‘ एकपछि अर्को घटना बढ्दै गएका छन्, पीडकहरु विभिन्न कारणले उम्किँदैछन् त्यसैले पनि कडा कानुनी व्यवस्था हुनैपर्छ ।’ बझाङका सांसद् र पूर्व सांसदको टोलीसँग गृहमन्त्री थापाले यस विषयमा महान्यायाधिवक्तासँग छलफल गर्ने जानकारी दिएको उनले बताइन् ।

‘फासीको नै सजाय दिन मिल्छ कि मिल्दैन अहिले नै भन्न नसकिने तर छलफल चलाउने र दोषीलाई कडा कारवाही गर्ने आश्वासन गृहमन्त्रीले दिनुभयो ’ उनले भनिन् ‘ विशेष गरी बालबालिका वलात्कारपछि हत्या हुने क्रम बढेको छ, यो चानचुने विषय नभएकाले सरकारलाई पटकपटक घच्घच्याउनुपरेको छ ।’ केही दिनअघि बझाङको मष्टा गाउँपालिका २ मा १२ वर्षिया सम्झना कामीको वलात्कारपछि हत्या भएको घटनाबारे जानकारी गराउन र सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दैै एक टोली आज गृहमन्त्रीकामा पुगेको थियो । सम्झनाको वलात्कारपछि हत्या भएको थियो । उनको शरीरमा नीलडाम देखिएको भन्दै सांसद् विश्वकर्माले घटनाबारे गम्भीर छानविन गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेकी छिन् ।

सांसद् विश्वकर्माले प्रधानमन्त्रीलाई पनि भेट्ने तयारी भइरहेको जनाएकी छिन् । बझाङबाट नै प्रतिनिधित्व गरेकी उनले एक विज्ञप्ती प्रकाशित गरी तीन तहका सरकारले बालिकाको रक्षा गर्न पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । वलात्कारपछि हत्या गर्नेको प्रहरीले पहिचान गरिसकेको छ । घरदेखि केही माथि सीम मन्दिरमा उनको शव फेला परेको थियो । हत्याराले यसअघि पनि अर्की बालिकालाई वलात्कार गरेको उजुरी प्रहरीकहाँ दर्ता भएको छ । हत्यारा १४ देखि १६ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ । पछिल्ले समयमा यस प्रकारका घटना बढ्दै गएपछि सडक प्रदर्शन समेत हुन थालेको छ । सरकारलाई गम्भीर बन्न र पीडकलाई कारवाही गर्न भन्दै चर्को दबाब परेपनि सरकार भने जिम्मेवार बन्न सकिरहेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४