खुल्ला सिमानाका कारण सिमा क्षेत्रमा आवत जावत गर्न अलि सहज भए पछि पर्सा जिल्लामा अवैध कारोवार बढेको छ । बिषेश सुचना को आधार मा शुक्रबार साझँ करिब ५ बजेको समयमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.७ कुम्हाल टोल बस्ने सुजित कुमार सिंहको घरमा भाडामा डेरा कोठा लिइ नामथर वतन खुल्न नआएको व्यक्तिले भारतबाट भंसार छली चोरी पैठारी गरी कुर्ता सरवालको कपडा १९३ पिस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ केजी मालबस्तुहरु अनाधिकृत रुपमा भण्डारण गरेको भन्ने प्राप्त सूचना भए पछि जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले छपकैया श्रीराम हलको दक्षिणपट्टी नामथर वतन नखुलेको टिनाको छाप्रोमा अनाधिकृत रुपमा भण्डारण गरेर राखेको रेडिमेट सर्ट १३७ पिस , काटेको सुर्ती ४५ केजी बरामद गरी जम्मा गर्दा तिन लाख बराबरको मालबस्तुहरु जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंज भंसार कार्यालयमा बुझाएको छ ।