जन न्युज नेपाल खवर सह-सम्पादक :- नमुना दहाल कार्की
अभियान्ता शिव श्रेष्ठ द्वारा १० घरलाई राहत् वितरण सामाजिक अभियान्ता तथा नेपाली कांग्रेस रामेछाप महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठ जो आफुलाई राजनितिक कर्मी भन्दा पनि सामाजिक अभियान्ता भन्ने रुचाउने र सामाजिक हरेक क्षेत्रमा दु:ख परेका नागरिकका दु:खलाई अलिकति भए पनि राहत मिलोस् भनेर हरेक दिन समाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले लक डाउन र निषेधाज्ञाको बेला मात्र नभई लकडाउन अन्ते भए संगै हिलेदेवीका बासिन्दाको अनुरोधमा अति विपन्न दश घरलाई ३० केजीका दरले चामल ,दाल लगायत अतिआश्यक सामाग्री आज शुक्रबार नविन लामा मार्फत वितरण गरेका छन् ।
श्रेष्ठ भन्नु हुन्छ हुन त यो मेरो सानो सहयोग हो तर खाना पाउने सबैको अधिकार भएकाले सबैले आफनो क्षेत्रबाट सहयोग गरौं । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रन्त बनेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेपालको मात्र नभई विश्वका अति गरीब मुलकमा पनि भोकमरी संग जुधीरहेको हुदा सरकारले पनि जनाताका दु:खलाई बुझन पर्ने श्रेष्ठले बताउनु भयो ।