Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म‘गुञ्जन प्रचारको तयारीमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । सरकारले धेरै क्षेत्रको प्रतिबन्ध हटाएपनि फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायम नै छ । सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध हटाएर रिलिजको वातावरण बनाउनु पर्ने माग फिल्मकर्मीहरुले गरिरहेका छन् ।

यस्तैमा निर्देशक अष्ट महर्जनले पनि सरकारले फिल्म रिलिजको वातावरण बनाउनु पर्ने बताउदै आएका छन् । वातावरण बने फिल्म ‘गुञ्जन’ आफुले रिलिज गर्ने महर्जनले सुनाए । द्वन्द्वबाट फिल्म निर्देशनमा डेब्यु गरेका महर्जन निर्देशित फिल्म ‘गुञ्जन’ अहिले प्राबिधिक कार्यको अन्तिम चरणमा छ । कोरोनाको माहोल साम्य हुने बितिकै फिल्म रिलिज गर्ने बताउने महर्जन अहिले यसको प्रचारमा जुटेका छन् । केही दिन भित्रै टिजर सार्वजनिक गरेर फिल्मको प्रचार थाल्ने उनले बताए ।

‘फिल्म रिलिज यो दिन हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ निर्देशक महर्जनले भने ‘प्रचारप्रसार गर्दै गर्यो भने सहज वातावरण हुने बितिकै फिल्म रिलिज गर्न मिल्छ ।’विगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय महर्जनले विशुद्ध प्रेमकथा र एक्सन मिसाएर ‘गुञ्जन’ बनाएका हुन् ।

फिल्ममा प्रितमराज सेन्चुरी, सारा सिर्पाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको समेत आइटम डान्स रहेको छ । नीताले फिल्मको ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४