बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार भारतिय सीमासँग जोडिएकोे बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट १२ लाख भन्दा बढी नेपाली रुपैयाँ नक्कली नोट सहित २ युवा बुधवार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेकोे छन् । चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला र साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नम्बरको मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त नोट मोबाइल खरिदकर्ताहरुलाई दिई ३० थान मोबाइल लिई फरार भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।