अझै वर्षा अरु तीन दिनसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको हो । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको छ । कमजोर भूबस्तीहरु पहिरोको चपेटमा आएका छन् ।ठाउँ ठाउँमा गएको पहिरोमा परेर केही व्यक्तिको मृत्यु, केही वेपत्ता र घरहरु पहिरोमा पुरिएका छन् ।